दफा ९ख
इजाजतपत्र निलम्वन गर्न सक्ने
(१) अन्त:शुल्क लाग्ने मदिरा चुरोट वा सूर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा अन्त:शुल्क टिकट नलगाई वा नक्कली वा प्रयोग भएको टिकट पुनः प्रयोग गरी त्यस्तो वस्तुको उत्पादन निष्कासन वा बिक्री वितरण गरेमा वा त्यस्तो वस्तुको उत्पादनको लागि आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्त:शुल्क छलेको कुरा प्रारम्भिक अनुसन्धानबाट देखिएमा अन्त:शुल्क अधिकृतले त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र तीन महिनासम्म निलम्बन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम इजाजतपत्र निलम्बन भएको अवधिभर इजाजतपत्रवालाले आफूले उत्पादन गरी आएको वस्तु उत्पादन बिक्री वा निष्कासन गर्न पाउने छैन ।

(३) कसैले यस दफा बमोजिमको कार्य गरेको प्रमाणित भएमा त्यस्तो कार्यलाई यस ऐन बमोजिम कस्र गरेको मानिने छ ।